Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आजको मौसम ः मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा


सूचना कुण्ड
आजको मौसम ः  मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा

काठमाडौं, वैशाख १८ : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले बिहीबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ। बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको छ। गोरखाको आरूघाटमा पछिल्लो एक घन्टामा १९ मिलिमिटर वर्षा भएको छ।

काठमाडौंमा पनि बिहीबार बिहान छिटपुट वर्षा भएको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ।त्यस्तै देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात पनि हुने महाशाखाले जनाएको छ।

बिहीबार राति  पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

त्यस्तै देशको पहाडी भू-भागका एक -दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश ,बागमती प्रदेश, र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend