Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अब एक महिनाभित्रै रासायनिक मल खरिद प्रक्रिया टुंग्याउनुपर्ने


सूचना कुण्ड
अब एक महिनाभित्रै रासायनिक मल खरिद प्रक्रिया टुंग्याउनुपर्ने

काठमाडौं, बैशाख १६ :  सरकारले रासायनिक मल खरिद गर्दा लाग्ने समयलाई घटाएको छ । सार्वजनिक खरिद नियमावली -२०६४ को १४औं संशोधन मार्फत पहिलो पटक रासायनिक मल खरिद सम्वन्धी प्रावधान समेटीएको हो ।

संशोधित नियमावली बैशाख १५ गतेको राजपत्रमा प्रकाशित गरिएको छ । संशोधित नियमावलीले रासायनिक मल खरिदका लागि आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति,र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन राष्ट्रिय स्तर वा अन्तराष्ट्रिय स्तरको बोलपत्रको हकमा कम्तीमा ७ दिनको अवधि दिई सूचना गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै नियमावलीमा बोलपत्रदाताले पेस गरेको प्राबिधिक प्रस्ताव खोलेको मिति देखि ३० दिन सम्म बोलपत्र मान्य हुने अवधि उल्लेख गर्नुपर्ने प्रतिबन्धात्मक नियम पनि थप गरिएको छ । मल खरिद प्रक्रिया लामो भएकाले यसलाई सहज वनाउन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको पहल मार्फत खरिद नियमावलीको संशोधनमा यस्तो प्रावधान राखिएको हो ।

रासायनिक मल खरिद प्रक्रिया लामो समय लाग्ने तर अन्तर्राष्ट्रिय बजारमा छिटो–छिटो मूल्य परिवर्तन हुने अहिलेको अवस्थालाई घटाउने गरि नियमावली संशोधन भएको मन्त्रालयले जनाएको छ । खरिद प्रक्रिया लामो हुदाँ समयमै मल आयात गर्न सकिएको थिएन जस कारण किसानले समयमै रासायनिक मल पाउन सकेका थिएनन । कृषिमन्त्री अधिकारीले मन्त्रालयको जिम्मेवारी समाले देखिनै रासायनिक मल खरिद गर्न लाग्ने समय अवधि घटाउने प्रतिवद्धता व्यक्त गर्नूभएको थियो ।

नियमावलीमा भएको संशोधनले अव एक महिना भित्रै मल खरिदको प्रकृया टुग्याउने वाटो खुलेको छ, मन्त्री अधिकारीले भन्नुभयो । किसानलाई आवश्यक पर्दा मल नपाउने अवस्था आउनुमा खरिद नियमावली पनि वाधक रहेको थियो , यस संशोधनले यस समस्यालाई अन्त्य गर्ने विश्वास मन्त्री अधिकारीको छ ।

Nimawali photo.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend