Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बढ्यो नेप्से : १० अर्ब ८७ करोडको सेयर कारोबार


सूचना कुण्ड
बढ्यो नेप्से : १० अर्ब ८७ करोडको सेयर कारोबार

काठमाडौं, वैशाख १४ :साताको पहिलो कारोबार दिन अर्थात् आज  नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

नेप्से ५.९८ अंकले बढेर २६६४.०१ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि बढेको छ।बिहीबार सात अर्ब ८७ करोडको कारोबार भएकोमा आइतबार १० अर्ब ८७ करोडको कारोबार भएको छ। 

अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ अर्ब रूपैयाँ वृद्धि भएको हो।आइतबार ३१४ वटा धितोपत्रको दुई करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच भएको हो।आइतबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ। 

यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ४२ रूपैयाँ ५० पैसा र ८६१ रूपैयाँ ९० पैसा कायम भएको छ।

आइतबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ७५२ रूपैयाँ १० पैसामा झरेको छ।

यस्तै, नारायणी डेभलपमेन्टको मूल्य ५.५० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६२५ रूपैयाँ कायम भएको छ। 

आइतबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता ३६६ रूपैयाँ ५० पैसामा ८६ करोड १७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७.६५ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ३० रूपैयाँ २० पैसामा ५६ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको हो।  यसदिन लगानी समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले बढेको छ भने दोस्रोमा जलविद्युत समूहको परिसूचक १.०७ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend