Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला सामुदायिक वनमा दुर्लभ पारिजातको घनावनको पहिचान


सूचना कुण्ड
धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला सामुदायिक वनमा दुर्लभ पारिजातको घनावनको पहिचान

धादिङबेँसी, वैशाख १३ :  धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला सामुदायिक वनमा दुर्लभ र औषधीय महìव बोकेको पारिजातको घनावनको पहिचान भएको छ । 

यस क्षेत्रलाई जैविक विविधता, धार्मिक विश्वास, औषधीय गुण र पर्यटकीय सम्भावनाको केन्द्र बनाउने उद्देश्यले संरक्षण तथा प्रवर्धन अभियान सुरु गरिएको छ । मौवाखोला सामुदायिक वनमा करिब आठ–१० हेक्टर क्षेत्रफलमा फैलिएको पारिजातको घनाजङ्गलमा १० हजारभन्दा बढी बिरुवा तथा रुख रहेका छन् । यो प्राकृतिक रूपमा विकास भएको पारिजातको यति ठुलो वन नेपालमै दुर्लभ भएको वन कार्यालयले जानकारी दिएको छ । 

डिभिजनल वन कार्यालयका अनुसार पारिजातको संरक्षण र प्रवर्धनका लागि विस्तृत योजना निर्माणको प्रव्रिmया सुरु गरिएको छ । साल, खयर, सिसौ जस्ता व्यावसायिक प्रजातिको तुलनामा पारिजात जस्ता उपेक्षित वनस्पतिको संरक्षण अझै महìवपूर्ण रहँदै आएको छ । 

सबडिभिजनल वन कार्यालय बेनीघाट रोराङका वन अधिकृत रोजन पोख्रेलका अनुसार वनको भित्री क्षेत्रमा पुनः वृद्धि भएका बिरुवा पनि प्रशस्त भेटिएका छन् । पारिजातको सुरक्षित वृद्धि सुनिश्चित गर्न डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रण रेखा निर्माणको काम पनि भइरहेको छ । पारिजातलाई प्राथमिकता दिँदै अन्य साना प्रजातिका बिरुवाको व्यवस्थापन सम्पन्न भइसकेको उहाँले बताउनुभयो । 

पारिजातको पात, फूल र छालाले जोर्नीको दुःखाइ, चर्म रोग, ज्वरो जस्ता समस्याको उपचारमा प्रयोग गर्न सकिने आयुर्वेद चिकित्सक अमूल्य दाहालले बताउनुभयो । पारिजात धार्मिक दृष्टिले पनि पवित्र मानिन्छ र हिन्दु धर्ममा यसको विशेष स्थान छ । पारिजातको महìवलाई वन व्यवस्थापनसँग मात्र सीमित नराखी साहित्य र संस्कृतिसँग पनि जोड्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । यसै व्रmममा छिट्टै ३०÷४० जना साहित्यकारको सहभागितामा ‘पारिजात साहित्य महोत्सव’ आयोजना गरिने आचार्यले जानकारी दिनुभयो ।

बेनीघाट रोराङ गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले पारिजातको संरक्षणमा डिभिजन वन कार्यालयसँग सहकार्य गर्ने बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको गाउँपालिकाको कार्ययोजनामै संरक्षण कार्यव्रmम समावेश गरिने प्रतिबद्धता जनाउनुभयो ।

मौवाखोला क्षेत्रबाट धादिङ, गोरखा र चितवन जिल्लाको दृश्यावलोकन सहजै गर्न सकिने छ । अध्ययन, अनुसन्धान तथा आन्तरिक पर्यटन प्रवर्धनका दृष्टिले पनि यस क्षेत्रमा उच्च सम्भावना रहेको छ । पारिजात वनको संरक्षण र प्रवर्धनले जैविक विविधताको रक्षा मात्र नभएर स्थानीय समुदायको जीवनस्तर उत्थान गर्न पनि महìवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend