काठमाडौँ, वैशाख १० : चन्द्रागिरि नगरपालिकाले यही वैशाख १४ गते आइतबार मातातीर्थ औसीका दिन(आमाको मुख हेर्ने दिन ) स्थानीय विदा दिएको छ । चन्द्रागिरि ६ महादेव स्थानस्थित मातातीर्थकुण्डमा लाग्ने मेलाको अवसरमा नगरपालिकाले सो दिन स्थानीय सार्वजानिक विदा दिएको हो ।
चन्द्रागिरि नगरपालिका, नगरकार्यपालिकाको यही वैशाख ८ गतेको बैठकको निर्णय अनुसार यही वैशाख १४ गते आइतबार मातातीर्थ औसीका दिन स्थानीय विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरव्दारा जारी विज्ञप्तिमा जनाइएको छ ।
