Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने  


सूचना कुण्ड
कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने  

सूचनाकुण्ड समाचारदाता,         

महेन्द्रनगर, वैशाख २३:   
कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन् ।    
    
कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक जीवन गौतमका अनुसार भण्डारी १५ वर्षको उमेरदेखि भारोत्तलनमा समिर्पित छन् । उनी प्रशिक्षक गौतमका उत्पादन हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका भण्डारी यतिबेला एसियाली च्याम्पियनसीपको तयारीमा छन् । उनी एक महिनादेखि प्रशिक्षक गौतमसँगै काठमाडौँमा बन्द प्रशिक्षणमा रहेका छन् ।    
    
भण्डारीको यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि उनले नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा रजत पदक प्राप्त गरेका थिए । भण्डारीको साथमा कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक गौतमसमेत सहभागी हुनेछन् । आफ्नो तौल समूहमा उनले आठौँ र नवौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।    
    
“दक्षिण कोरियामा हुने एसियाली प्रतियोगिता ओलम्पिकका लागि छनोट प्रतियोगिता पनि हो”, प्रशिक्षक गौतमले भने, “तर छनोट भएर ओलम्पिकमा अहिलेसम्म नेपाली खेलाडी पुगेको इतिहास छैन ।” ओलम्पिक आयोजक राष्ट्रले ‘वाइल्ड कार्ड’ दिएर आमन्त्रण गरे नेपालबाट भारोत्तोलनबाट भढडारी ओलम्पिकमा सहभागी हुनसक्ने सम्भावना धेरै रहेको उनले बताए ।    
    
झन्डै ३३ वर्षअघि सुदूरपश्चिमबाट भारोत्तोलनमा धनगढीका स्व भरत साउदले ओलम्पिकमा खेलेको इतिहास छ । अहिले भण्डारीलाई पनि ओलम्पिक कमिटीले ओलम्पिकमा सहभागी गराउने उद्देश्यले छनोट गरी बन्द प्रशिक्षणमा राखेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको अनुभव र नियमित प्रशिक्षणबाट खारिएरका भण्डारी विगत दुई वर्षयता नेपाल प्रहरीको पुलिस क्लबमा आबद्ध छन् । आगामी पेरिस ओलम्पिकको छनोट प्रतियोगिताका रूपमा हेरिएको एसियाली च्याम्पियनसीपमा भण्डारी खेलाडी, गौतम प्रशिक्षक तथा व्यवस्थापक रामसुन्दर श्रेष्ठ सोमबार कोरिया प्रस्थान गर्नेछन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend