Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन  प्रतिवेदन सर्वजनिक 


सूचना कुण्ड
दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन  प्रतिवेदन सर्वजनिक 

कठमाडौँ, वैशाख ९ ः चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन  प्रतिवेदन ( नेपाली संस्करण)  र कार्ययोजना ढाँचा सार्वजानिक गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन  प्रतिवेदन’ लाई संयुक्त राष्ट्र संघमा प्रस्तुत गरिसक्नुभएको छ । 
चन्द्रागिरि नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्याङ्कन  प्रक्रियामा दिगो विकास लक्ष्यका राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी  र सरसफाइ र दिगो शहर र समुदाय जस्ता पाँचवटा क्षेत्रलाई प्राथमिकता दिएको छ । यी प्राथमिकता प्राप्त लक्ष्य प्राप्तिका लागि नगरपालिकाको कार्यक्रमले सही बाटोमा हिँडाएको छ  । नगरपालिकाले दिगो विकास लक्ष्यसँग तालमेला मिलाइएको बजेट साङ्केतिकरणको अभ्यास थालिनी समेत गरेको छ । यो अभ्यास  एशिया प्रशान्त क्षेत्रमा नै एक नवप्रवर्तनीय अभ्यास हो । 

नगरपालिकाको सभाकक्षमा आज आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रमुख  प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, युएन ह्याविट्याटका प्रतिनिधि प्रज्ञा  प्रधान, नेपाल सरकारका शाखा अधिकृत सन्तोष खत्री लगायतले चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन  प्रतिवेदन ( नेपाली संस्करण)  र कार्ययोजना ढाँचा सार्वजनिक गर्नुभयो । 


सो अवसरमा नगरप्रमुख गिरीले समृद्धिको आधार भौतिक पूर्वाधारका साथ साथमा आर्थिक, सामाजिक र प्रविधियुक्त समाज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दिगो विकासका विभिन्न लक्ष्य मध्ये पाँचवटा क्षेत्रमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । लक्ष्य प्राप्तिका लागि नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित छन् । ” प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले दिगो विकास लक्ष्यलाई हाँसिल गर्न नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित रहेको जानकारी दिनुभयो ।

VRL 2.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend