Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चीनबाट सात अर्ब बढीको विद्युतीय गाडी आयात


सूचना कुण्ड
चीनबाट सात अर्ब बढीको विद्युतीय गाडी आयात

काठमाडौँ, वैशाख ६ : चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख मूल्य बराबरको विद्युतीय गाडी आयात भएको छ । अर्थात् दुई हजार सात सय २४ वटा विद्युतीय सवारीसाधन चीनको खासा हुँदै तातोपानी नाका आयात भएको छ ।

ती मध्ये सात सय वटा अहिले तातोपानी भन्सार यार्डमा छन् । तिनीहरू जाँच पासका लागि यार्डमा रहेका छन् । अरू सबै जाँच पास भएर राजधानी पुगिसकेका छन् । यार्डमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँच पास भएर राजधानी प्रवेश गर्ने छन् । 

२७ सय २४ वटा विद्युतीय सवारीसाधनबाट तीन अर्ब ७५ करोड ६३ लाख राजश्व सङ्कलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो । विगतका बर्सभन्दा यस वर्ष उच्च दरमा विद्युतीय गाडीहरू आयात भएकाले राज्यलाई राम्रो राजश्व सकंलन भएको उहाँले बताउनुभयो ।

चालु आवमा चीनबाट तातोपानी नाकामा ठुलो विद्युतीय बस एक वटा, ११ देखि १४ सिट भएका माइक्रो बस २८० वटा, १५ देखि २५ सिट भएका मिनिबस २४८ वटा, ५० किलोवाटका कार, जिप र भ्यान ३७० वटा, एक सय किलोवाटका एक हजार ५४४ वटा, दुई सय किलोवाटका दुई सय २९ वटा, तीन सय किलोवाटका दुई, तीन सय किलोवाट भन्दा माथिका एक र फोरहुल विद्युतीय कार ४१ वटा आयात भएको भन्सार कार्यालयले जनाएको छ । 

ओमोडा, डिपाल, लिपमोटर, जेक्रा, एमजी, फोटोन र डिएफएसके ब्रान्डका चिनियाँ विद्युतीय गाडीहरू नाका हुँदै राजधानी पुगेका छन् । जसमध्ये सात सय वटा गाडीहरू वैशाखभित्र जाँच पास भई तिनीहरू पनि राजधानी पुग्ने छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend