काठमाडौं ,वैशाख ३ : चीनमा आज बिहान भूकम्प गएको छ । चीनको देङ्गी केन्द्र बनाएर आज बिहान ४ बजेर ५ मिनेटमा भूकम्प गएको हो ।
पाँच म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाबाट १८ किलोमिटर उत्तरतर्फ रहेको केन्द्रले जनाएको छ । क्षतिबारे विवरणहरू सार्वजनिक भएको छैन।यसअघि पुस २३ गते सोही ठाउँमा केन्द्रबिन्दु बनाएर ७.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।
