Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपियाँ घट्यो


सूचना कुण्ड
पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपियाँ घट्यो

काठमाडौँ, वैशाख ३: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले  गएमध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एकसय ५७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपियाँ र तेस्रो वर्गका लागि एकसय ६० रुपियाँ तोकिएको छ । 

यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एकसय ४३ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ४५ रुपियाँ र तेस्रो वर्गका लागि एकसय ४६ रुपियाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट  प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपियाँ १५ पैसा र डिजेलमा दुई रुपियाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend