काठमाडौं ,वैशाख २ : सेयर बजार परिसूचक २७ अंकले बढेको छ । मंगलबार बजार २७.१४ अंकले बढेको हो । यससँगै बजार मापक २,६८९.२२ विन्दुमा पुगेको छ ।
बजार बढ्दा २१२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ३४ कम्पनीको सेयरमूल्य घटेको छ । कारोबारतर्फ आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज दुई करोड १८ लाख ४१ हजार कित्ता सेयर ६९ हजार ३६४ पटक खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी विकास बैंक, नेपाल माइक्रो इन्स्यारेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
बलेफी हाइड्रो, विन नेपाल लघुवित्त, एनआएबीएल स्टेबल फन्ड, आत्मनिर्भर लघुवित्त, अप्पर सोलु हाइड्रोलगायत कम्पनीको सेयरमूल्य धेरै घटेका छन् ।
बढ्दो बजारमा व्यापार र म्युचअल फन्ड समूहको सेयरमूल्य सामान्य घट्दा बाँकी समूह बढेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छन् भने नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
मंगलबार बलेफी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.६९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३० रूपैयाँ ४६ पैसामा झरेको छ।
यस्तै, विन नेपाल लघुवित्तको मूल्य ६.१७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ९३३ रूपैयाँ ६९ पैसा कायम भएको छ।
मंगलबार बलेफी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता २२९ रूपैयाँ ७० पैसामा दुई अर्ब एक करोड २९ लाख रूपैयाँको सेयर कारोबार भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ८६० रूपैयाँमा ४२ करोड २२ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ।
यसदिन लगानी समूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशतले बढेको छ भने दोस्रोमा विकास बैंक समूहको परिसूचक २.४६ प्रतिशतले बढेको छ।
