Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वर्षको अन्तिम दिन : नेप्से घट्यो, कारोबार रकम बढ्यो


सूचना कुण्ड
वर्षको अन्तिम दिन : नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं ,चैत ३१ :  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (चैत ३१) ८.६२ अंकले घटेको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ ।

यस दिन ६ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भयो । गएको बिहीबार पाँच अर्ब ६३ करोड रुपैयाको सेयर खरिद–बिक्री भएको थियो ।

आइतबार नेप्से परिसूचक २६६२.०८ विन्दुमा बन्द भएको छ । ८८ कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य स्थिर छ ।

गुडविल फाइनान्सको ऋणपत्रको मूल्य १० प्रतिशतले बढेको छ । ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेञ्चर २०८३’ को मूल्य १२१ रुपैयाँ ५० पैसाले बढेर प्रतिडिवेञ्चर एक हजार ३३६ रुपैयाँ ५० पैसा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफको सेयर मूल्य सर्वाधिक बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको १० र क्रेस्ट माइक्रोलाइफको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

कारोबारमा रहेका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । होटेल तथा पर्यटन, लगानी, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend