काठमाडौं चैत ३० : पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेको हो।
झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको हो ।
