काठमाडौँ, चैत ३० : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का लागि दुर्गम र हिमाली जिल्ला सहित सबै जिल्लाहरुमा पाठ्यपुस्तक पठाईसकेको छ । मुगु जिल्लाका २ ओटा स्थानीय तहबाहेक अन्य सबै स्थानीय तहका विक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको जानकारी जनक शिक्षा सामग्री केन्द्रले दिएको छ ।
केन्द्रले कूल १,७०,५०,९०० थान पाठ्यपुस्तक छपाई गरेकोमा २०८१ साल चैत्र २९ गतेसम्ममा विभिन्न ९ ओटा प्रादेशिक केन्द्रहरूबाट ७५,९४,०७५ थान पाठ्यपुस्तक विक्री भएको र आवश्यकता अनुसार पाठ्यपुस्क मौज्दात रहेको जनाएको छ ।
कुनै विक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका तपसिल बमोजिमका वितरण केन्द्रहरू वा सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा को फोन नं. ०१-४२००३५३ मा पनि सूचना दिन सकिने वा शिक्षा मन्त्रालयले जनाएको छ ।
