काठमाडौँ, चैत २९ ः चन्द्रागरि नगरपालिकाले गरिव आवास योजना अन्तर्गत चन्दागिरि नगरपालिका वडा १ का पशुपती गिरी र सुदन गिरीलाई एकमुष्ट तीन लाख रुपैँया आर्थिक सहयोग प्रदान गरेको छ ।
नगरपालिकाको आन्तरिक स्रोतबाट गरिव आवास योजना अन्तर्गत सो आर्थिक सहयोग प्रदान गरिइएको हो । नगरप्रमुख घनश्याम गिरी ले आज चन्दागिरि –१ का पशुपती गिरी र सुदन गिरी सो रकम हस्तान्तरण गर्न‘ुभयो ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रथापा मगर , चन्दागिरि –१ वडाध्यक्ष हरिश्याम रानामगर ,आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत महेशदत्त भट्टको उपस्थिति रहेको थियो ।
