Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि वार्तामा बोलायो


सूचना कुण्ड
आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि वार्तामा बोलायो

काठमाडौं, चैत २६ :  विभिन्न माग राखेर ६ दिनयता सडक संघर्षमा उत्रिएका शिक्षकहरूलाई सरकारले फेरि वार्तामा बोलाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूलाई पुनः वार्ताम बोलाएको हो । 

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको आन्दोलनबारे साझा धारणा निर्माण गर्न यसअघि चैत २१ र २२ गते छलफलका निम्ति आह्वान गरिएको मन्त्रालयले जनाएको छ । 

“त्यसका बाबजुद हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श हुन सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१–१२–२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारीलगायत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ ।” 

वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend