Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौंका केही स्थानमा आज विद्युत् आपूर्ति अवरुद्ध हुने


सूचना कुण्ड
काठमाडौंका केही स्थानमा आज विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं ,चैत २३ ः काठमाडौंका केही स्थानमा आज विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार भक्तपुर–चपली १३२ के.भी. प्रसारण बन्द गरी काम गर्नुपर्ने भएकाले केही स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको हो । 

काठमाडौं ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरूबाट विद्युत् आपूर्ति हुने बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र, जोरपाटी वितरण केन्द्र, बालाजु वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रबाट वितरण हुने क्षेत्रमा आज दश घण्टा विद्युत् सेवा अवरुद्ध हुनेछ । 

बिहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend