Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपालको भोकमरी सुचकाकं : मध्यम श्रेणीको सुधार


सूचना कुण्ड
नेपालको भोकमरी सुचकाकं : मध्यम श्रेणीको सुधार

काठमाडौं ,चैत २२ :  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ्र कृषि क्षेत्रको समग्र सुधारवाट मात्र भोकमरीको अन्तय गर्न सकिने वताउनुभएको छ । आज ललितपुरमा विश्व भोकमरी सुचकांक प्रतिवेदन –२०२४ सार्वजनिक गर्दे मन्त्री अधिकारीले नेपालले भोकमरी र कुपोषण न्युनीकरणको दिर्घकालीन लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको गरेको भए पनि अझै दुर्गम भेगहरुमा खाध अभाव , वाल कुपोषण , पोषण शिक्षाको अभाव , कृषि प्रणालीको असमानता आदि चुनौतीका रुपमा रहेको उल्लेख गर्नुभयो ।

कृषि जैविक विविधताको क्षयीकरण, कृषि रसायनहरुको बढ्दो तथा जोखिम युक्त प्रयोगका साथै मानवीय तथा जलवायु परिवर्तनले हाम्रो वातावरणीय, मानवीय तथा पर्यावरणीय क्षमतामा ह्रास हुदै गएको भन्दै मनत्री अधिकारीले यसको सम्बोधनका लागि सवैको सामुहिक प्रयास आवश्यक रहेको छ ,भन्नुभयो ।

मन्त्री अधिकारीले अभियानमूलक माटो सुधार तथा ब्यवस्थापन कार्यक्रम, प्राङ्गारिक मलको उत्पादन तथा उपयोगको प्रवद्र्धन ,स्थानीय तहहरुमा उत्पादन भएको उपजको प्रांगारिक प्रमाणीकरण तथा प्रयोगशाला परिक्षण शुल्कमा सहुलियत , रासायनिक बिषादीको विकल्पका रुपमा वानस्पतिक र जैविक विषादीको उत्पादन र प्रयोगलाई व्यापक गर्ने जस्ता कार्यक्रमहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रथमिकतामा राखेको जानकारी दिदै जलवायु उत्थानशिल, दिगो, लैंगिक उत्तरदायी, कृषिमा अझै लगानी आवश्यक रहेको वताउनुभयो ।

कृषि उत्पादन प्रणालीलाई दिगो र पर्यावरणमैत्री बनाउन पर्यावरणीय कृषि प्रवर्धनको मार्गचित्र आवश्यक भएकाले यस तर्फ मन्त्रालयले कार्य गरेको पनि मन्त्री अधिकारीले वताउनुभयो ।नेपाललाई भोकमरी र कुपोषणमुक्त राष्ट्र बनाउन सरकारी, गैर सरकारी, निजी क्षेत्र, नागरिक समाज संस्था, तथा स्थानीय समुदायहरू बीच बहु–क्षेत्रीय सहकार्य अपरिहार्य रहेको र यसले सबै नागरिकमा खाद्य पहुँच सुनिश्चित गर्ने पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।

Index 1.jpg

सार्वजनिक प्रतिवेदनले नेपालको भोकमरी सुचकाकं १४.७ मा झरेको देखाएको छ । सन २००० मा नेपालको सुचकाकं ३७.१ मा रहेको थियो। तथ्यांकले नेपालको अवस्थामा मध्यम श्रेणीको सुधार देखिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend