Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रतिनिधिसभाको पाँचौँ अधिवेशन : २५ दिनमा २७ बैठक


सूचना कुण्ड
प्रतिनिधिसभाको पाँचौँ अधिवेशन : २५ दिनमा २७ बैठक

काठमाडौं , चैत १९ ः संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पाँचौँ अधिवेशनका २५ दिनमा २७ बैठक बस्यो । गएको माघ १८ गते सुरु भएको हिउँदे अधिवेशन ६१ दिन चल्यो । हिउँदे अधिवेशनमा ११८ घण्टा २१ मिनेट बैठक सञ्चालन भएको संसद् सचिवालयले जनाएको छ ।

आज  मध्यरातबाट हिउँदे अधिवेशन अन्त्य हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको सूचना सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधिसभा बैठकमा पढेर सुनाए । 

यो अधिवेशनमा प्रतिनिधिसभामा १२ सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता गरिएको थियो । तीमध्ये पाँच विधेयक संघीय संसद्का दुवै सभाबाट पारित गरियो । चार विधेयक समितिमा विचाराधीन छन् । तीन विधेयक सभामा प्रस्तुत मात्र गरियो ।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएर चैत ३ गते राष्ट्रपतिले प्रमाणीकरण गरे ।

यस्तै, सरकारले ल्याएका ६ अध्यादेशमध्ये पाँचवटा प्रतिस्थापन विधेयक ल्याएर सोमबार पारित गरियो ।

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सोमबार पारित गरियो । ती विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend