Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रिय सभाबाट पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित


सूचना कुण्ड
राष्ट्रिय सभाबाट पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौ ,चैत १८:  राष्ट्रिय सभाबाट विभिन्न पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सरकारले जारी गरेको अध्यादेशसँग सम्बन्धित विभिन्न पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको हो । 

बैठकले ‘सुशासन प्रवर्द्बन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक पारित गरेको हो । 

त्यस्तै, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ समेत पारित भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । 

राष्ट्रिय सभाको अर्को बैठक यही चैत २५ गते सोमबार बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend