Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आजको मौसम : पश्चिमी वायूको आंशिक प्रभाव


सूचना कुण्ड
आजको मौसम  : पश्चिमी वायूको आंशिक प्रभाव

काठमाडौँ, चैत १८ ःहाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी प्रदेशका भूभागहरुमा मौसम सफा रहने पूर्वानुमान छ।

महाशाखाले  कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने प्रक्षेपण गरेको छ।  आज राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाले राति भने वर्षाको सम्भावना देखाएको छैन।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend