Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने पक्राउ


सूचना कुण्ड
भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने पक्राउ

काठमाडौं, चैत १७: काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना प्रहरीले सामानसहित पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ जनालाई पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिनुभयो । ।

प्रहरीले ब्ल्याक लेबल, ज्याक ड्यानियल्स लुट्ने धनुषा घर भई कोटेश्वर बस्ने आशिष सिंहलाई पक्राउ गरेको छ।

त्यस्तै चार वटा बियरको बोतल लुटपाट गरेको आरोपमा सर्लाही घर भई कोटेश्वर बस्ने प्रेमकुमार महतोलाई पक्राउ गरेको छ।भारतीय नागरिक रविरञ्जन कुमार, नुवाकोटकी सुशिला कुमाल, धरानकी एलिसा राई र कोटेश्वरकी बालकुमारी कार्की पक्राउ परेका छन्।

यस्तै फलफूल चोरेको आरोपमा सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सुस्मिता बराललाई पक्राउ गरेको हो। बरालबाट ६९ वटा लिपिस्टिक, एउटा ऐना, २१ वटा गाजल बरामद भएको छ। अन्य १२ वटा सामान पनि प्रहरीले बरामद गरेको छ।उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बानेश्वरमा पठाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend