Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

२६९५ विन्दुमा सेयर बजार, ७ अर्ब ५६ करोडको सेयर किनबेच


सूचना कुण्ड
२६९५ विन्दुमा सेयर बजार, ७ अर्ब ५६ करोडको सेयर किनबेच

काठमाडौं, चैत १७ : साताको पहिलो कारोबार दिन आइतबार (चैत १७) सेयर बजार ३२ अंकले बढेको छ । बजार परिसूचक ३२.२४ अंक बढेको हो । योसँगै बजार मापक २६९५.५५ विन्दुमा उक्लिएको छ ।

यस दिन २२२ कम्पनीको सेयर मूल्य बढेको छ । २२ कम्पनीको सेयर मूल्य घटेको छ । सात अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७६ हजार ३५४ पटकमा खरिद–बिक्री भएको छ ।जोशी हाइड्रो, दोर्दीखोला, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी, गुराँस लघुवित्त उच्च कमाउने शीर्ष कम्पनीमा परे ।

प्रभु स्मार्ट फन्ड, सामुदायिक लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रो, बोटलर्स नेपाल (बालाजु) लिमिटेड धेरै गुमाउनेको शीर्ष पाँच कम्पनीमा रहे ।

समूहगत उपसूचकतर्फ म्युचअल फन्डबाहेक सबै सूचक बढेका छन् । म्युचअल फन्ड ०.०९ प्रतिशतले घटेको छ । लगानी समूह २.०७, फाइनान्स समूह २.०६, अन्य समूहसूचक २.०४ प्रतिशतले बढेका छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend