Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राजावादी हिंसात्मक प्रदर्शन : १४ ठाउँमा आगजनी, १५ गाडी जलाइए


सूचना कुण्ड
राजावादी  हिंसात्मक प्रदर्शन : १४ ठाउँमा आगजनी, १५ गाडी जलाइए

काठमाडौं, चैत १६ :काठमाडौंको तीनकुनेमा शुक्रबार दिउँसो राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा १४ ठाउँमा आगजनी भएको छ।

काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको क्षति विवरण अनुसार शुक्रबार प्रदर्शनकारीहरूले  ९ सरकारी सवारी साधन, ६  सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको हो।

तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

घटनाकै क्रममा दुई जनाको मृत्यु भएको छ।राजावादीको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले चलाएको गोली लागेर  कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो।उनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

तीनकुनेमै  राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक जलेको अवस्थामा मृत भेटिएका थिए। 

काठमाडौं प्रहरी परिसरका अनुसार राजावादीहरूको प्रदर्शनमा ११० जना सुरक्षाकर्मी घाइते भएका छन्। घटनामा नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको परिसरले जनाएको छ। 

 तीनकुने क्षेत्रमा आज बिहान ७ बजेसम्म कर्फ्यु लगाइएको छ। 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend