Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

साल्ट ट्रेडिङ कर्पोरेशनको ५८औं वार्षिक साधारण सभा सम्पन्न


सूचना कुण्ड
साल्ट ट्रेडिङ कर्पोरेशनको ५८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं चैत १६ :  साल्ट ट्रेडिङ कर्पोरेशनको ५८औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष  प्रदिपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखा नीति पारित गरेको छ ।कर्पोरेशनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१  कारोबार समष्टिगतमा मूल्याङ्कन  गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको अवगत गराउनुभयो । 

उहाँले नुन, खाद्य बस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिनुभयो ।  कर्पोरेसन उक्त वर्ष एक अर्ब ४ करोड ९७ लाख नाफा आर्जन गर्न सफल भएको थियो । 

साधारण सभाले  २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको १०  प्रतिशतका दरले शेयर होल्डरहरूलाई नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ  । साथै सुनकोसी नदी लगायतमा आएको भीषण बाढीले जनधनको व्यापक क्षति पुर्‍याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेसन र कर्मचारीहरूका तर्फबाट समेत रु ६० लाख उपलब्ध गराएको थियो । 

कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरूमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तर दायित्व समेत वहन गरेको सञ्चालक श्रेष्ठले जानकारी गराउनुभयो । 

कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैर अनुमानित रासायनिक मल एमुनियक सल्फेट र सि.गल सुपर फस्फेट मल कृषकहरूलाई उपलब्ध गराउँदै आएको छ ।अध्यक्ष  श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुक भर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न नबीनतम एव. सृजनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरण तर्फ उन्मुख रहेको बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend