Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विद्यालय विधेयकको विषयमा छलफल


सूचना कुण्ड
विद्यालय विधेयकको विषयमा छलफल

काठमाडौं, चैत्र १५ :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रमुख दलका मुख्य सचेतकहरू र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिबीच विद्यालय विधेयकको विषयमा छलफल भएको छ ।

छलफलमा सहभागी सबै दलले विधेयकलाई तत्काल अघि बढाउन आफ्नो दल सकारात्मक रहेको बताएका छन्। उनीहरूले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई यस विधेयकमाथि द्रुत गतिमा काम अगाडि बढाउन आग्रह गरेका छन्। साथै, विधेयकलाई निष्कर्षमा पुर्याउन आवश्यक पर्ने सहजीकरण गर्ने आश्वासन पनि उनीहरूले दिएका छन्। उक्त छलफलमा हाल शिक्षा विधेयकका सन्दर्भमा भइरहेको शिक्षक आन्दोलनको विषयमा समेत कुराकानी भएको थियो।

सहभागीहरूले शिक्षकहरूसँग यसअघि सरकारले गरेका सम्झौताहरूलाई विधेयकमा सम्बोधन गर्न सुझाव दिनुभएको छ । शिक्षा मन्त्रालयमा भएको यो छलफलले विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यस विषयमा थप छलफल गरी विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अगाडि बढाउनेछ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend