Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

३३ किलो सुन प्रकरण: सवा ६ अर्ब बिगो मागसहित २६ जनाविरुद्ध मुद्दा


सूचना कुण्ड
३३ किलो सुन प्रकरण: सवा ६ अर्ब बिगो मागसहित २६ जनाविरुद्ध मुद्दा

काठमाडौं ,चैत १४ : सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले ३३ किलो सुन ओसारप्रसार प्रकरणमा संलग्न २६ जनाविरुद्ध ६ अर्ब ३२ करोड रूपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत दोलखामा बुधबार मुद्दा दायर गरेको छ ।

सुनको चोरी पैठारी, राष्ट्र बैंकसम्बन्धी कसुर र संगठित अपराधसमेत भएको उक्त मुद्दाका प्रतिवादीमध्ये टासी दावा भनिने आकर लामा, निर्वु छिरिङ शेर्पा, पेम्बा तामाङ, चस्मान तामाङ, सदन प्रधान, महिमा माझी, लालबहादुर तामाङ, सरोज भण्डारी, पवन गुप्ता, मिलन विक, लेखराज नेवार, ललिता खत्री, दुर्गाबहादुर खत्रीसमेतले गैरकानूनी रुपमा नेपालमा सुन भित्र्याउने र त्यसबापत दिनुपर्ने भुक्तानी अवैध क्रिप्टोकरेन्सीमार्फत गरेको भन्दै विभागले मुद्दा दर्ता गरेको हो ।

यसरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति विभिन्न व्यवसायमा लगानी गरी सम्पत्ति लुकाउने तथा बढाउने गरेको पाइएकाले उनीहरुलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार प्रहरीले चलाएको मुद्दाका आधारमा विभागले विभिन्न २६ जना अभियुक्तविरुद्ध छानबिन गरी जिल्ला अदालत  मा मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ११ किलो सुन फेला परेको र जसमध्ये सुनको ढिक्का ४ दामको तौल ४ किलो र यसको बजार मूल्य ३ करोड ७५ लाख रूपैयाँ रहेको विभागले जनाएको छ । आरोपित व्यक्तिहरुले एकापसमा मिलेमतो गरेर आर्थिक उपार्जनका लागि गैरकानूनी रुपमा नेपालमा पटकपटक गरी ३३ किलो सुन अर्थात ३१ करोड ११ लाख रूपैयाँ बराबरको अवैध कारोबार क्रिप्टोकरेन्सीमार्फत भएको विभागले जनाएको छ ।

साथै अवैध सुन कारोबारको भुक्तानीमा आखेटोपहार कस्तुरीको बिनासमेत दिई संगठित रुपमा क्रिप्टो कारोबार भएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend