Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आजको सम्भावित मौसम :तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना


सूचना कुण्ड
आजको सम्भावित मौसम :तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १३ :हाल देशमा पश्चिमी वायू तथा स्थानीय  वायूको आंशिक प्रभाव रहेको  छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको  मौसम मुख्यतया सफा रहेको छ।

बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानमान छ।

कोशी प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा दिउँसो मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।बुधबार राति कोशी प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

वर्षा र हल्का हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

;


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend