काठमाडौँ, चैत १३ ः सिप सहितको जनशक्ति तथा व्यवसायिक शिक्षालाई व्यवसायसँग एकीकृत गर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरद सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिव र कर्मचारीहरूको उपस्थितिमा मंगलबार छलफल भएको छ।
यस छलफलमा व्यवसायिक शिक्षा र तालिमलाई उद्योग तथा श्रम बजारको आवश्यकतासँग जोडेर प्रभावकारी ढंगले लागू गर्ने, सिप सहितको जनशक्ति उत्पादनलाई व्यवस्थित गर्ने तथा समन्वयात्मक नीति निर्माणको आवश्यकता बारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रममा, श्रम बजारमा माग र आपूर्ति बीचको अन्तर घटाउन सिप सहितको शिक्षालाई प्राथमिकताका साथ अघि बढाउने र युवालाई स्वरोजगारमुखी बनाउन उद्योग सङ्गको सहकार्य लाई मजबुत बनाउने विषयमा गहन छलफल भएको जनाइएको छ ।
