काठमाडौं, चैत १२ : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ५८.०५ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ ।
आज दिन पाँच अर्ब १८ करोड सात लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार चार अर्ब ४८ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
नेप्से परिसूचक २.१९ प्रतिशतले घटेर २५८२.७३ विन्दुमा बन्द भएको छ । चार कम्पनीको सेयर मूल्य बढेको छ । २४० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
सबै समूहगत परसूचक घटेर राताम्य भएको छ । परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ३.५० प्रतिशतले घटेको छ ।गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर, उपकार लघुवित्त र अपर सोलु हाइड्रोको मूल्य १ प्रतिशतभन्दा कमले बढेको हो।
आज ९.५% एनसिसी डिबेन्चर २०८६ को मूल्य सर्वाधिक ४.५२ प्रतिशतले बढेको छ। उक्त डिबेन्चरको मूल्य एक हजार एक सय रूपैयाँ कायम भएको छ।
यस्तै, ११% केबिएल डिबेन्चर २०८९ को मूल्य ४.२२ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार २२२ रूपैयाँ पुगेको छ।
मंगलबार नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ८.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ७५९ रूपैयाँ ९४ पैसा पुगेको छ।
यस्तै, सर्पोट माइक्रोफाइनान्सको मूल्य ७.३७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ३२९ रूपैयाँ पुगेको छ।
हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता ९३८ रूपैयाँ ५० पैसामा २३ करोड २० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.४२ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २५० रूपैयाँमा २१ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले घटेको छ।
