Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ ः कृषिमन्त्री अधिकारी


सूचना कुण्ड
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ ः कृषिमन्त्री अधिकारी

काठमाडौ, चैत १२ :  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भएपनि अब यस्को अन्तय भएको वताउनुभएको छ ।

नेपाल उधोग वाणिज्य महासंघको कृषि उधम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्वन्धी सम्मेलनलाई सम्वोधन गर्दे कृषिमन्त्री अधिकारीले मन्त्रालयले हाल सम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अव सवै अनुदान पारदर्शीे हुने र कसले केका लागि कति रकम लिएको हो सवैले थाहा पाउन सक्ने अवस्था वनेको छ ,भन्नुभयो ।

विगत पाँच वर्षमा १ खर्व ५ अर्व रुपैया रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयवाट जाने अनुदान भने अहिले रोकिएको वताउनुभयो । कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सवै क्षेत्रको प्रयास जरुरी रहेको र नीजि क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुन सक्ने वताउनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend