Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आजको मौसम : आज दिउँसो यी स्थानमा वर्षाको सम्भावना


सूचना कुण्ड
आजको मौसम  : आज  दिउँसो यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत ११ :हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशैभरि आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान छ। दिउँसो कोशी प्रदेशको पहाडी  भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसविद बिनु महर्जनले  जानकारी दिनुभयो । ।  बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान रहेको उनले बताइन्। सोमबार राति पनि दैशभरि आंशिक बदलीदेखि मुख्यतया सफा रहन पूर्वानुमान छ।

काठमाडौं उपत्यकामा पनि सोमबार मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसविद महर्जनले बताउनुभयो । आइतबारसम्म रहेको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend