Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नागढुंगामा गाडीदुर्घटना :एक जनाको मृत्यु ९ जना घाइते


सूचना कुण्ड
नागढुंगामा गाडीदुर्घटना :एक जनाको मृत्यु ९ जना घाइते

काठमाडौं, चैत १० : चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।आइतबार साँझ ५ बजे चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको माइक्रो गाडी नागढुंगास्थित ढलानमा रोकिराकेको अवस्थामा आफै गुडेर अनियन्त्रित भई सडक छेउको पेटीमा ठोक्किएको थियो।

दुर्घटनामा परी नाम, ठेगाना नखुलेको अन्दाजी २५/२६ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो। साँझ ५:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिनुभयो । दुर्घटनामा थप ९ जना घाइते भएका छन्।

घाइतेहरूमा चितवनको कालिका नगरपालिका-७ की ६८ वर्षीया तारादेवी कुमाल, काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ की ३३ वर्षीया बिन्दु देवकोटा, उनका छोरा ३० महिनाका दिव्यन पोखरेल, चितवनको भरतपुर महानगरपालिका-६ की ४० वर्षीया अनिता थापा र उनकी १७ वर्षीया छोरी एरिसा थापा, भरतपुर-४ का ३७ वर्षीय मोहित गुरङ, चितवनको कालिका नगरपालिका-७ की २५ वर्षीया सीमा कुमाल, उनका ६ वर्षीय छोरा इसान कुमाल र सर्लाहीको सोल्टी बजारकी २० वर्षीया कुसुम राई छिन्।

उनीहरूको काठमाडौंकै ट्रमा सेन्टर, अन्नपूर्ण न्यूरो अस्पताल र मेड पोइन्टमा उपचार भइरहेको छ। माइक्रो चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका-१३ का ३० वर्षीय राजेश घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend