Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत अवरूद्ध हुने


सूचना कुण्ड
काठमाडौं र ललितपुरका यी स्थानमा  विद्युत अवरूद्ध हुने

काठमाडौं, चैत ९ : काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको  जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो।

जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी-साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। त्यहाँ एचटी लाइन स्थानान्तरण कार्यका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।त्यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर अन्तर्गत पर्ने कोटेश्वर-सहयोगीनगर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। ती क्षेत्रमा एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।

त्यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर अन्तर्गत पर्ने कोटेश्वर-सहयोगीनगर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। ती क्षेत्रमा एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।

ती फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल एरियामा विद्युत अवरूद्ध हुनेछ। काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुरु हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend