Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

फेरि २६ सयको तहमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट


सूचना कुण्ड
फेरि २६ सयको तहमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौँ,  चैत ५ : निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार पनि घटेको छ । आइतबार २१, सोमबार १० अंक घटेको बजारमा आज सात अंकले घटेको हो । आज नेप्से ७.६६ अंक घटेपछि २,६९७.०४ विन्दुमा झरेको छ ।

आज ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।चार अर्ब ३४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबारमा पाँच अर्ब ८० करोडको सेयर किनबेच भएको थियो ।

मिथिल्ला लघुवित्त, हिमालय पावर पाटनर्स, भूगोल इनर्जी, पाँचथर पावर, धौलागिरी लघुवित्तको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सचूकतर्फ अन्य इन्डेक्स ०.११ प्रतिशत बढ्दा बाँकी समूहको सेयरमूल्य घटेको छ ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend