काठमाडौं, चैत ५ : आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। विगत केही समयदेखि लगातार बढिरहेको सुनको भाउआज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँ बढी हो।
यसअघि गत चैत १ गते सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो।
यस्तै सोमबार भने प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा सुनको कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।
यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
