Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से दोहोरो अंकले घट्यो, पाँच अर्ब ४० करोडको कारोबार


सूचना कुण्ड
नेप्से दोहोरो अंकले घट्यो, पाँच अर्ब ४० करोडको कारोबार

काठमाडौं, चैत ४ :नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । सोमबार बजार मापक नेप्से १०.१४ अंकले घटेको हो । बजार घटेसँगै समग्र बजार मापक २,७०४.७० विन्दुमा पुगेको छ । सोमबार कारोबार रकममा पनि गिरावट आएको छ। 

गत कारोबार दिन अर्थात् आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ४० करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ४३ करोड रूपैयाँ कमी आएको हो। आज ३३१ वटा धितोपत्रको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भएको हो। सोमबार८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ। यस्तै १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन राप्ती हाइड्रोको मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेको छ।उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६३५ रूपैयाँ कायम भएको छ। 

यस्तै, सामुदायिक लघुवित्तको मूल्य ८.०३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ५८२ सय रूपैयाँ पुगेको छ। सोमबार महालक्ष्मी विकास बैंकको मूल्य सर्वाधिक ५.६३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४१९ रूपैयाँ पुगेको छ।

यस्तै, घलेम्दी हाइड्रोको मूल्य ४.५८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २९७ रूपैयाँमा ७० पैसामा झरेको छ।सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ९८४ रूपैयाँमा ४३ करोड ९३ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.५० प्रतिशत घटेको छ।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २८९ रूपैयाँमा ३० करोड ७४ लाख बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।  

यसदिन विकास व्यापार समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend