Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

स्ववियु निर्वाचनमा तोडफोड र धम्की दिनेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन


सूचना कुण्ड
स्ववियु निर्वाचनमा तोडफोड र धम्की दिनेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

 काठमाडौं , चैत ३ :   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्ववियु चुनावमा क्याम्पसमा तोडफोड गर्ने र निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने जो कोहीलाई पनि कारबाही गर्न प्रशासनलाई निर्देशन दिएको छ ।

‘निर्वाचन आचारसंहिता विपरितका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानुन बमोजिम कारवाही गर्न गराउन मन्त्रालय प्रतिवद्ध रहेको छ,’ मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘साथै त्यस्ता आचारसंहिता विपरित हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरूलाई अनुरोध गरिन्छ ।’

तोकिएको मितिमा निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण तवरबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न गर्न गराउन र निर्धारित निर्वाचन आचारसंहिताको पालना गर्न सबैलाई मन्त्रालयले भनेको छ । ‘विश्वविद्यालय तथा क्याम्पसहरुका सार्वजनिक संरचना तोडफोड भएको र निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीहृलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचार प्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Education  patra.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend