Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

घट्यो सेयर बजार


सूचना कुण्ड
घट्यो सेयर बजार

काठमाडौँ, चैत १ ः यो साता सेयर बजार २.९ प्रतिशत अर्थात् ८२ अंक घटेको छ । गत साता २८१८ अंकमा रहेको बजार यो साता २७३६ अंकमा झरेको हो । यो साता बजारमा जम्मा ४ दिन कारोबार भयो, जसमा तीन दिन बजार घट्यो भने अन्तिम एक दिन बढ्यो ।

पहिलो दिन आइतबार ४६.३३ अंक घटेको बजार सोमबार २०.६८ र मंगलबार ३२.२१ अंक घट्यो । साताका लागि अन्तिम कारोबार दिन बुधबार १७.२८ अंक बढ्यो । कारोबार रकम केही घटेको छ ।

आइतबार १० अर्ब ९ करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा बुधबार ८ अर्ब २३ करोडको भयो । यो साता सबै सेक्टर घटेका छन् । चार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटेका छन् । फाइनान्स, उत्पादन, लगानी र व्यापार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटे ।

विकास बैंक सेक्टरको गिरावट दर सबैभन्दा न्यून छ । गत साता यही सेक्टर सबैभन्दा धेरै ३.१४ प्रतिशत बढेको थियो ।

समग्रमा फागुन महिनाको कारोबार सकिएको छ । १ फागुनमा २६७८ अंकमा रहेको बजार अन्तिम दिनसम्म आउँदा २७३६ अंकमा छ । महिनाको बीचमा भने उतारचढाव ठूलै देखियो । १८ फागुनसम्म आउँदा २८९० अंकसम्म पुगेको थियो । जुन अंक ९ भदौ यताकै उच्च हो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend