काठमाडौँ, चैत १ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आ.व. २०८१/८२ का लागि मिति २०८१/११/२५ सम्म मन्त्रालयमा नवीकरण भई दर्ता भएका शैक्षिक परामर्श, भाषा शिक्षण कक्षा तथा तयारी कक्षा सञ्चालन गर्न अनुमति प्राप्त संस्थाहरूको नामावली सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार लिङ्क पोस्टमा समावेश गरिएको छ। लिङ्क: https://moest.gov.np/content/13421/a-w-description-of-the-educational-consultations--language-teaching/ रहेको छ ।
उक्त सूचनापछि मन्त्रालयबाट शैक्षिक परामर्शदातृ संस्थाहरूलाई व्यवस्थापन र सञ्चालनका लागि जारी गरिएको ८ बुँदे निर्देशन, विद्यार्थी तथा अभिभावकका लागि ४ बुँदे निर्देशन र अन्य सरोकार पक्षका लागि १ बुँदे निर्देशनको लिङ्क यो पोस्टमा समावेश गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको निजी सचिवालयले जनाएको छ । लिङ्क:https://moest.gov.np/content/13422/importable-information-on-educational-consultations--all-types/ - रहेको छ ।
