काठमाडौँ, फागुन २९ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार आज अपराह्नपछि पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो ।

साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
–––
