काठमाडौँ, फागुन २८ : विसं २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसइई)मा चन्द्रागिरि नगरपालिकाभित्रका विभिन्न सामुदायिक, सस्थागत ५४ विद्यालयका दुई हजार २६१ विद्यार्थी सहभागी हुने भएका छन् ।
एसइई परीक्षा अगामी चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ । यस वर्ष परीक्षामा सहभागी हुने ती विद्यार्थी मध्ये छात्रको सङ्ख्या नै बढी रहेको छ । चन्द्रागिरि नगरपालिकाका शिक्षा अधिकृत बुद्धिप्रसाद भट्टका अनुसार एसइई परीक्षा सहभागी हुने कूल विद्यार्थी मध्ये छात्र एक हजार एकसय ७९ र छात्रा एकहजार ८२ रहेका छन् ।
उहाँले एसइई परीक्षाका लागि पाँचवटा केन्द्रतय गरिएका जानकारी दिनुभयो । ती विद्यालयमा विद्यामन्दिर माबि पुरानो नैकाप, विष्णुदेवी शिक्षा सदन सतुंगल, रिब्स इङलिस स्कुुल किसिपिडि, प्रभात माबि चेकपोष्ट र मंगलोदय माबि थानकोट रहेका छन् ।
यस पटक एसइई परीक्षामा सबैभन्दा बढी चन्द्रागिरि –१५ स्थित श्री चन्द्रागिरि नमुना बैकल्पिक विद्यालयका १८१ विद्यार्थी र सबैभन्दा कम चन्द्रागिरि –६ स्थित माउण्ट भ्याली स्कुलबाट तीन जना विद्यार्थी सहभागी हुँने जनाइएको छ ।
एसइई परीक्षा अगामी चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ । यस वर्ष परीक्षामा सहभागी हुने ती विद्यार्थी मध्ये छात्रको सङ्ख्या नै बढी रहेको छ । चन्द्रागिरि नगरपालिकाका शिक्षा अधिकृत बुद्धिप्रसाद भट्टका अनुसार एसइई परीक्षा सहभागी हुने कूल विद्यार्थी मध्ये छात्र एक हजार एकसय ७९ र छात्रा एकहजार ८२ रहेका छन् ।
उहाँले एसइई परीक्षाका लागि पाँचवटा केन्द्रतय गरिएका जानकारी दिनुभयो । ती विद्यालयमा विद्यामन्दिर माबि पुरानो नैकाप, विष्णुदेवी शिक्षा सदन सतुंगल, रिब्स इङलिस स्कुुल किसिपिडि, प्रभात माबि चेकपोष्ट र मंगलोदय माबि थानकोट रहेका छन् ।
यस पटक एसइई परीक्षामा सबैभन्दा बढी चन्द्रागिरि –१५ स्थित श्री चन्द्रागिरि नमुना बैकल्पिक विद्यालयका १८१ विद्यार्थी र सबैभन्दा कम चन्द्रागिरि –६ स्थित माउण्ट भ्याली स्कुलबाट तीन जना विद्यार्थी सहभागी हुँने जनाइएको छ ।

कुन विद्यालयकबाट कति विद्यार्थी सहभागी हुँदैछन् त ?
चन्द्रागिरि–११ स्थित एम्ब्रोसिया आइडियल सेकण्डरी स्कूलबाट २१ छात्रा र २९ छात्र, चन्द्रागिरि–१५ स्थित एप्रोच इङ्गलिस बोर्डिङ स्कूलबाट २ छात्रा र ८ छात्र, चन्द्रागिरि–१२ स्थित बलम्बु सेकण्डरी स्कूलबाट ५६ छात्रा र ३४ छात्र, चन्द्रागिरि–१२ बालतारा प्रतिष्ठान (लिटिल स्टार्स एकेडेमी)बाट १७ छात्रा र १७ छात्र, चन्द्रागिरि–१० स्थित बेसिक लर्निङ इङ्गलिस सेकन्डरी स्कूलबाट २४ छात्रा र २३ छात्र, चन्द्रागिरि–१० स्थित भैरवनाथ सेकन्डरी स्कूलबाट ४ छात्रा र ३ छात्र, चन्द्रागिरि–२ स्थित भीम सेकन्डरी स्कूलबाट २१ छात्रा र १८ छात्र, चन्द्रागिरि–१५ स्थित विष्णु देवी सेकन्डरी स्कूलबाट २५ छात्रा र १४ छात्र, चन्द्रागिरि–११ स्थित विष्णु देवी शिक्षा सदन मावीबाट ४० छात्रा र ३१ छात्र, चन्द्रागिरि–७ स्थित ब्राइट एन्जल्स स्कूलबाट १० छात्रा र २६ छात्र, चन्द्रागिरि–१४ स्थित ब्राइट फ्युचर सेकन्डरी स्कूलबाट ६० छात्रा र ७६ छात्र सहभागी हुँदैछन् ।
त्यसैगरी चन्द्रागिरि–८ स्थित ब्राइट होराइजन चिल्ड्रेन होम स्कूलबाट १४ छात्रा र ५ छात्र, चन्द्रागिरि–२ स्थित चण्डि भैरब सेकन्डरी स्कूलबाट ११ छात्रा र १४ छात्र, चन्द्रागिरि–२ स्थित चण्डिका देवी सेकन्डरी स्कूलबाट १७ छात्रा र १० छात्र, चन्द्रागिरि–४ स्थित चुनदेवी सेकेन्डरी स्कूलबाट १९ छात्रा र २० छात्र, चन्द्रागिरि–१२ स्थित एभर भिजन इंग्लिस बोर्डिङ स्कूलबाट १९ छात्रा र १० छात्र, चन्द्रागिरि–१३ स्थित गोल्डेन फ्लावर गार्डेन स्कूलबाट ८ छात्रा र ९ छात्र, चन्द्रागिरि–१५ स्थित ज्ञानसुधार एकेडेमीमा ३ छात्रा र १२ छात्र सहभागी हुँदैछन् ।
साथै चन्द्रागिरि–१० स्थित हाई न्यू भिजन एकेडेमीमा १२ छात्रा र १० छात्र, चन्द्रागिरि–८ स्थित जन बिकास सेकन्डरी स्कूलबाट २९ छात्रा र २७ छात्र, चन्द्रागिरि–५ स्थित जानकल्याण सेकन्डरी स्कूलबाट १२ छात्रा र १८ छात्र, चन्द्रागिरि–११ स्थित जेसिज इन्टरनेशनल बोर्डिङ सेकन्डरी स्कूलबाट १० छात्रा र २८ छात्र, चन्द्रागिरि–१३ स्थित २२. कंकाली सेकन्डरी स्कूलबाट ३९ छात्रा र ३६ छात्र, चन्द्रागिरि–१४ स्थित मंगलादेवी सेकन्डरी स्कूलबाट १२ छात्रा र १५ छात्र, चन्द्रागिरि–३ स्थित मंगलउदय सेकेन्डरी स्कूलबाट ८१ छात्रा र ४२ छात्र एसइईमा सहभागी हुँदैछन् ।
त्यसैगरी चन्द्रागिरि–४ स्थित मोडेल स्कूल, थानकोटबाट २२ छात्रा र ३१ छात्र, चन्द्रागिरि–१४ स्थित मदरल्यान्ड सेकन्डरी स्कूलबाट ८ छात्रा र ११ छात्र, चन्द्रागिरि–४ स्थित माउन्ट चन्द्रागिरि इङ्गलिस स्कूलबाट २६ छात्रा र २९ छात्र, चन्द्रागिरि–५ स्थित माउन्ट सगरमाथा ब्रिलियन्स एकेडेमीबाट १३ छात्रा र १४ छात्र, चन्द्रागिरि–५ स्थित माउन्ट भ्याली स्कूलबाट २ छात्रा र १ छात्र, चन्द्रागिरि–९ स्थित नारायण जन सेकन्डरी स्कूलबाट ११ छात्रा र १३ छात्र परीक्षामा सहभागी हुन गइरहेका छन् ।
चन्द्रागिरि–१३ स्थित न्यू डायमण्ड एकेडेमीबाट ११ छात्रा र ६ छात्र, चन्द्रागिरि–१० स्थित न्यू होराइजन एकेडेमीबाट ३६ छात्रा र २१ छात्र, चन्द्रागिरि–६ स्थित न्यागयुर मेमोरियल स्कूलबाट ८ छात्रा र १२ छात्र, चन्द्रागिरि–५ स्थित नोबल भिलेज इङ्गलिस बोर्डिङ स्कूलबाट ९ छात्रा र ११ छात्र, चन्द्रागिरि–१३ स्थित ओराकल रे एकेडेमीबाट १४ छात्रा र २५ छात्र, चन्द्रागिरि–१५ स्थित प्याराडाइज रिडर्स एकेडेमीबाट १४ छात्रा र १७ छात्र, चन्द्रागिरि–१० स्थित पाथिक ज्ञान निकेतन इङ्लिस बोर्डिङ स्कूलबाट ४ छात्रा र ४ छात्र, चन्द्रागिरि–७ स्थित प्रभात सेकन्डरी स्कूलबाट ४१ छात्रा र ३२ छात्र, चन्द्रागिरि–१२ स्थित प्रनिधी इङ्गलिस बोर्डिङ स्कूलबाट २ छात्रा र ९ छात्र, चन्द्रागिरि–१५ स्थित प्राइम इङ्गलिस स्कूलबाट ९ छात्रा र १२ छात्र, चन्द्रागिरि–५ स्थित रोडोडेन्ड्रोन इन्टरनेशनल बोर्डिङ स्कूलबाट ३७ छात्रा र २३ छात्र र चन्द्रागिरि–१ स्थित ऋचा साह शिक्षा सदनबाट २० छात्रा र २१ छात्र सहभागी हुँदैछन् ।
साथै चन्द्रागिरि–५ स्थित समृद्धि लर्निङ एकेडेमीबाट ५ छात्रा र १३ छात्र, चन्द्रागिरि–१२ स्थित सप्तऋषि ज्ञानपिठबाट २ छात्रा र ५ छात्र, चन्द्रागिरि–१५ स्थित श्री चन्द्रगिरी नमूना वैकिल्पक विद्यालयबाट ६९ छात्रा र ११२ छात्र, चन्द्रागिरि–१ स्थित श्रीकृष्ण सेकेन्डरी स्कूलबाट २४ छात्रा र १७ छात्र, चन्द्रागिरि–१५ स्थित सुन्दरवन स्कूल अफ साइन्सबाट ५ छात्रा र १२ छात्र, चन्द्रागिरि–५ स्थित सनसाइन स्कूलबाट १४ छात्रा र ३२ छात्र, चन्द्रागिरि–५ स्थित सुप्रिम मोडल स्कूलबाट १० छात्रा र १६ छात्र, चन्द्रागिरि–४ स्थित थानकोट इङ्गलिस स्कूलबाट १५ छात्रा र १९ छात्र, चन्द्रागिरि–१३ स्थित विद्यामन्दिर सेकन्डरी स्कूलबाट २७ छात्रा र २२ छात्र, चन्द्रागिरि–१२ स्थित विद्याश्री एकेडेमीबाट ५ छात्रा र ८ छात्र तथा चन्द्रागिरि–३ स्थित वेस्ट प्वाइन्ट हाइस्कूलबाट ४३ छात्रा र ७६ छात्र सहभागी हुँदैछन् ।
–––
