Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति: प्रतिसिलिन्डरमा १२ रुपियाँ ७५ पैसा कमिसन बढाउने


सूचना कुण्ड
सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति: प्रतिसिलिन्डरमा १२ रुपियाँ ७५ पैसा कमिसन बढाउने

काठमाडौँ, फागुन २१ :  सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीबिच प्रतिसिलिन्डरमा १२ रुपियाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो । कमिसन वृद्धि गर्ने सहमति भएसँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ  ।

उद्योगीको कमिसन बढाएको मूल्यबाट उपभोक्तालाई भार नपर्ने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा ग्यासको उपभोक्ता मूल्य एक हजार ९१० रुपियाँ कायम रहने र उद्योगीलाई बढाएको मूल्य ग्यासमा भएको घाटामा जोडिने जानकारी दिनुभयो । ग्यास उद्योगको बाह्य ढुवानी, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साबिकको खर्चमा प्रतिसिलिन्डर १२.७५ पैसा वृद्धि गरिएको उहाँले जानकारी दिनुभयो । 

उद्योगीले चाहिँ लामो समयदेखि ग्यासमा कमिसन वृद्धि नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै प्रतिसिलिन्डर ५० रुपियाँ बढाउन माग गरेका थिए । सङ्घले ओभरहेड र नाफा रकम वृद्धिलगायतका १९ बुँदे माग राखेर गत आइतबारदेखि भारतबाट ग्यास ल्याउने खरिद आदेश (पिडियो) बन्द गरेर आन्दोलन गरेको थियो । 

उद्योगीले घोषणा गरेका आन्दोलनले बजारमा उपभोक्ताले सहज रूपबाट ग्यास पाउन सकेका थिएनन् । ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा अभाव हुन सक्ने आशङ्कामा खपत बढ्दा पनि ग्यासको अभाव देखिएको जानकारी दिनुभयो । पछिल्लो समय उपभोक्ताले ग्यास पाउन लामो समय कुर्नु परेको थियो ।  

   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend