Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चिकित्सक संघका ३२ अध्यक्षहरुको विषयमा लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन


सूचना कुण्ड
चिकित्सक संघका ३२ अध्यक्षहरुको विषयमा लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन

काठमाडौँ, फागुन २० :नेपाल चिकित्सक संघमा स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षहरुको विषयमा लेखिएको पुस्तक 'चिकित्सक नेतृत्व' राष्ट्रपति रामचन्द्र पौडेलले विमोचन गरेका छन्।

चिकित्सक संघ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले संघले प्रकाशन गरेको पुस्तक विमोचन गरेका हुन्। पुस्तकमा संघका ३२ जना अध्यक्षहरुको जीवनी, संघमा उनीहरुले गरेका योगदान, संघर्ष लगायतका विषयहरु समावेश छन्। पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य सेवा उपचारको थालनी हुनु सुखद पक्ष रहेको बताए।

उनले स्तरीय उपचार सेवाको अनुभव आफूले पनि अनुभव गरेको जानकारी दिए। राष्ट्रपति पौडेलले नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यस अनुसार अवसरहरु सिर्जना नभएकोमा चिन्ता व्यक्त गरे। 'जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ। त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो।

यसका रोक्न सम्बद्ध पक्षले अधिकतम कदम चाल्नुपर्दछ,' कार्यक्रममा राष्ट्रपति पौडेलले भने। संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक संघसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरुको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय लिएको हो। दुई सयभन्दा बढी पृष्ठको उक्त पुस्तकको सम्पादक प्रवीण ढकाल हुन्।

Rastrapati 2.jpg

पुस्तकबाट संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने कुरामा आफू ढुक्क रहेको सम्पादक ढकालले जानकारी दिए।'यसले नेपालको चिकित्सा क्षेत्रको विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने छ। यसका साथै नयाँ पुस्ताका चिकित्सकहरुलाई पनि अग्रजहरुले गरेका काम र योगदानका विषयमा जानकारी हुने छ,' ढकालले भने। उनले अहिलेको नयाँ पुस्ताका चिकित्सकलाई अनुभवी चिकित्सकहरुको जीवनी र योगदानले प्रेरणा प्रदान गर्ने पनि बताए। २००७ साल फागुन २० गते स्थापना भएको नेपाल चिकित्सक संघ नै नेपालको पहिलो पेशागत संघ हो।

वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकहरुले बैठकले संघको स्थापना गर्ने निर्णय गरेका थिए। संघको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित हुन्।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend