Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग कृषि मन्त्री अधिकारीको आग्रह


सूचना कुण्ड
काठमाडौमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग कृषि मन्त्री अधिकारीको आग्रह

काठमाडौँ, फागुन १९ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकार सँग आग्रह गर्नुभएको छ ।

नेपालका लागि जापानका राजदुत मायडा तोरु सँग सिंहदरवारस्थीत मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि जापानी राजदुत समक्ष आग्रह गर्नुभएको हो ।

मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपुर्ण सहयोग गर्दे आएको भन्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको वताउनुभयो । जापानले प्रविधिको प्रयोग मार्फत गरेको उत्पादन वृद्दि र यसले समग्र कृषिको क्षेत्रमा पुगेको उपलब्धी महत्वपूर्ण छ , कृषि क्षेत्रमा जापानले गर्दे आएको प्रयोग नेपालले पनि सिक्न जरुरी रहेकाले प्राविधिक ज्ञानका लागि सहकार्य गर्न सकिने मन्त्री अधिकारीले उल्लेख गर्नुभयो। अहिले पनि जापानी स्वंयम सेवकहरुले मन्त्रालय मातहतका विभिन्न कार्यलयहरु मार्फत सहयोग गरिरहेका छन,यस मार्फत जापानमा प्रचलित कृषिको अभ्यास नेपालीले सिक्ने मौका प्राप्त भएको छ ,मन्त्री अधिकारीले भन्नुभयो ।

नेपालले कृषिमा लगानी दशक घोषणा गरि लगानी भित्रयाउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्ताहरुलाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदुत समक्ष आग्रह गर्नुभयो ।

आगामी वर्ष नेपाल जापान कुटनीतिक सम्वन्ध स्थापना भएको ७०औ वर्ष पुग्ने उल्लेख गर्दे मन्त्री अधिकारीले यस अवसरमा समेत जापानको निस्वार्थ सहयोगमा अझ वृद्दि हुने अपेक्षा व्यक्त गर्नुभयो ।

Ram Nath japan 2.jpg

भेटवार्तामा जापानी राजदुत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिदै आगामी दिनमा सहयोगका थप सम्भावनाहरुको अध्यायन गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो। जापानले कृषिको विकासमा उपकरणको प्रयोगलाई महत्व दिएको उल्लेख गर्दे नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दे जानुपर्नेमा उहाँले जोड दिनुभयो।नेपालको चिया र हर्वल उत्पादनहरुको जापान राम्रो वजार हुन सक्ने भएकाले यसको निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदुत तोरुले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend