Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि नगरपालिकाका १५ वडा मध्ये चारवडामात्र ‘बालश्रममुक्त वडा’ घोषणा गर्न बाँकि


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिकाका १५ वडा मध्ये चारवडामात्र  ‘बालश्रममुक्त वडा’ घोषणा गर्न बाँकि

काठमाडौँ, फागुन १८ :चन्द्रागिरि नगरपालिकाका  विभिन्न एघार वडा ‘बालश्रममुक्त वडा’ घोषणा भएका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म नगरपालिकाका १५ मध्ये वडा नं २, ३, ४, ५, ६, ७ , ८, ९, १०, ११ र १४ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो ।

चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसक्ने नगरपालिकाका प्रमुख घनश्याम गिरिले बताउनुभयो । यसका लागि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमितामा राखेर बजेट समेत विनियोजन गरेको छ । आइतबार वडा नं. ४ लाई बालश्रममुक्त घोषणा सभामा प्रमुख गिरीले  बालश्रममुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि आफूहरूले अग्रसरता लिएको बताउनुभयो ।  

cha na pa 4 A.jpg

बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उहाँले बताउनुभयो ।  उहाँले आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने बताउनुभयो ।

यसअघि देशभरका ६ स्थानीय तहमात्रै बालश्रममुक्त घोषणा भएका छन् । कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, वडा ४ का वडाध्यक्ष एवम् नगरप्रवक्ता कृष्णप्रसाद खड्गी  , वडा १५ का वडाध्यक्ष घनश्याम लुईँटेल, वडा न ८ का वडाध्यक्ष  प्रल्हाद रिजाल, वडा न १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री   लगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख , विभिन्न बालक्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासी सहभागी थिए ।
    
 नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ अबलम्बन गरेको छ । साथै नगरापालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि बिबिध कार्यक्रम सञ्चालन गरिरहेको छ ।    
    
बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ ।  कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत खनालले ‘बालश्रममुक्त वडा’पछिकोे दीगोपनका लागि स्थानीय पालिका, संघसस्थाको सहकार्य आवश्यकरहेको र यसका लागि नगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो । अवसरमा चन्द्रागिरि –  ४ का वडाध्यक्ष एवम् नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले बालश्रम मुक्त घोषणासम्म आइपुग्न पु¥याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दीगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिनुभयो । उहाँले समृद्ध वडा बनाउन विभिन्न काम भैराखेको बताउनुभयो ।    
    
 यस अगाडि बाजागाज सहितको निस्केको ¥याली घोषणासभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका , ४ नं वडा, काठमाडौँलाई बालश्रम मुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रनिधि, विषयगत समिति, विद्यालय, बालक्लव, सञ्चारकर्मी, उद्योग व्यवसायी, संघसस्था तथा सरोकारवालाहरु बालश्रम मुक्त वडालाई नियमितता दिन र बालश्रम निवारण गर्न प्रतिवद्धछौ’भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो । बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ ।    
    
 यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका (आइएलओ) को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन् । १३ वर्ष उमेरसमूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । चौध प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छन् । –––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend