काठमाडौँ, फागुन१८ : सेयर बजार परिसूचक नेप्से ६ महिनायताकै उच्च विन्दुमा आइपुगेको छ। आइतबार नेप्से परिसूचक एकैदिन ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा आएको हो। नेप्से भदौ ९ गतेयताकै उच्च विन्दुमा आएको हो। भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा २८९४ विन्दुमा थियो। मा आएको हो। भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा २८९४ विन्दुमा थियो।
यसैबीच, आज ३०२ वटा धितोपत्रको दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर किनबेच भएको हो। आइतबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ। हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतका दरले बढेको छ भने सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
आइतबार समाज लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार १८५ रूपैयाँ १० पैसामा झरेको छ। यस्तै, अपर हेवाखोला हाइड्रोपावरको मूल्य ५.४७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३९ रूपैयाँ कायम भएको छ। आइतबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३२३ रूपैयाँमा ९७ करोड ५३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार १७ रूपैयाँमा ८५ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक १.२७ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढेको हो।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४.७९ प्रतिशतले बढेको छ। यस्तै, दोस्रोमा जीवन बीमा समूहको परिसूचक ४.३१ प्रतिशतले बढेको छ।
