Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दुको६.१ म्याग्निच्युड भूकम्पको धक्का


सूचना कुण्ड
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दुको६.१ म्याग्निच्युड  भूकम्पको धक्का

काठमाडौँ,  फागुन १६ : सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान २ बजेर ५१ मिनेटमा छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो । भूकम्पको कारण मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।

 भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिकाको स्थिति सामान्य रहेको पालिकाले जनाएको छ । भूकम्पको धक्का महसुस भएदेखि नै आफूहरुले वडास्तरबाटै जानकारी लिने प्रयासरत भने रहेको पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend