Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

लगातार छैटौं दिन बढ्यो सेयर बजार, ११ अर्ब नाघ्यो कारोबार


सूचना कुण्ड
लगातार छैटौं दिन बढ्यो सेयर बजार, ११ अर्ब नाघ्यो कारोबार

काठमाडौँ, फागुन १२ :  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा बन्द भएको छ ।

आज ११ अर्ब आठ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ९० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज गार्डेन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ८५८ रुपैयाँ २० पैसा कायम भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर तीन हजार ७७९ रुपैयाँ १० पैसा कायम भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend