Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बढ्यो अण्डाको मूल्य


सूचना कुण्ड
बढ्यो  अण्डाको मूल्य

काठमाडौँ, फागुन १२ ः बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाएको हो।

'हामीले आइतबार बैठक बसेर आजबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका हौं,' संघका अध्यक्ष विनोद पोखरेलले भने।

बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रूपैयाँ पुगको छ।

यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ।pm 2.jpg

यो किसानले पाउने मूल्य हो। संघका अनुसार उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले शुक्रबार मूल्य समायोजन गर्न घटाइएकोमा सोमबारबाट बढाइएको हो। खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रूपैयाँ छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend